भारतबाट आएका दुई र नेपालमै रहेकी एक महिलामा काेराेनाकाे संक्रमण

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक पेजमा कोरोना भाइरसको संक्रमण नयाँ तीन जनामा फेला परेका जनाइएको छ ।

मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोनाको संक्रमण देखिएको छ ।

उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

कैलालीको ३४ वर्षीय महिलामा पनि कोरोना देखिएको छ । यी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन् ।

योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयको फेसबुक पेजमा उल्लेख छ ।

Published : Saturday, 2020 April 4, 1:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया