नेकपाको अबरोध छिचोल्दै कांग्रेस नेता बस्नेतद्वारा सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री वितरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरूको लागि आवश्यक पर्ने ‘पीपीइ’सहितका आवश्य स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर १ स्थित घोर्थली प्राथमिक स्वास्थ्य चौकी, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ स्थित घोर्थली स्वास्थ्य चौकी र बाह्रबिसे नगरपालिकाको बुदेपा स्वास्थ्य चौकीमा नेता बस्नेतले पीपीइसहितका मेडिकल सामग्री सहयोग गरेका हुन् ।

चीनबाट फैलिएको कोरोना भाइरसले विश्वमा महामारीको रुप लिएपछि सरकारले गरेको लकडाउन र स्वास्थ्य सामग्री अभाव सिन्धुपाल्चोकमा देखिएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले व्यक्तिगत पहलमा मेडिकल सामग्री गाउँपालिका तथा नगरपालिकाका स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराउँदै आएका छन् ।

बस्नेतलाई नेकपा र स्थानीय प्रहरी प्रशासनले स्वास्थ्य सामग्रीहरू तिवरणमा अबरोध गर्दै आएका छन् । तैपनि कांग्रेस नेता बस्नेतले अबरोधको बेवास्ता गरेर जनता र स्वास्थ्यकर्मीका लागि मेडिकल सामग्री वितरण गर्दै आएका छन् ।

कोरोना भाइरसको संक्रमित नेपालमा पनि देखिएको र स्वास्थ्य उपचारका लागि आवश्यक मेडिकल सामग्री स्वास्थ्यकर्मी तथा स्थानीयहरूको लागि पारा सिटामल, डिकोल्ड सहयोग गर्दै आएका हुन् ।

सिन्धुपाल्चोकको अधिकांश स्वास्थ्य संस्था तथा अस्पतालमा समेत माक्स, सेनिटाइजर, एप्रोन, गाउन, डिस्पोजल क्याप जस्ता सामानको अभाव देखिएपछि बस्नेतले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखेर सहयोग गर्दै आएका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या छ थियो । एक जना उपचारपछि घर फार्किएका छन् ।

‘सरकार र नेकपामा नेताहरू जिम्मेवार छैनन्’, कांग्रेस नेता बस्नेतले भने, ‘हामीले गरेको सहयोग समेत रोक्न खोजिरहेका छन् ।’

‘अहिले सिन्धुपाल्चोकमा यसरी सहयोग गर्दै आएपछि स्वास्थ्यकर्मीहरूले सरकारले उपलब्ध गराउने तथा सहयोग गर्न पर्ने स्वास्थ्य तथा मेडिकल सामान कोरोना भाइरस फैलियो भनेर सरकार अस्पताल तथा स्वास्थ्य सस्थामा माक्स र सेनिटाइजरसम्म पनि पु¥याउन सक्ने अबस्था छैन’, बस्नतले भने, ‘त्यसैले हामीले सहयोग गरिरहेका छौँ ।’

मेडिकल सामग्री वितरण गरिएकोमा नेकपाका नेताहरूको टाउको दुखाइ भएको उनले बताए । उनले यो बेला टाउको दुखाउने समय नभएको बताए ।

स्वास्थ्य सामग्री सहयोग पाएका स्वास्थ्यकर्मीहरूले आफूहरूको सुरक्षाको लागि गरिएको सहयोगले बिरामीको उपचारमा खटिन हौसला पुग्ने बताएका छन् ।

Published : Saturday, 2020 April 4, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया