बागलुङकी ६५ वर्षीया वृद्धा महिलामा देखियो कोरोनाको संक्रमण

काठमाडौं । कतार एयरलाइन्सको जहाजमार्फत मार्च १७ अर्थात चैत ४ गते नेपाल आउने ३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

बागलुङ घर भएकी ६६ वर्षीया महिला वृद्धा महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सो विमानमा नेपाल आउनेमध्ये तीन जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो ।

चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटमा उनीहरू नेपाल आएका थिए । सो विमानमा २०५ जना यात्रु थिए ।

यसअघि चैत १० गते दोहाबाट सोही फ्लाइटमा नेपाल आएकी एक युवतीमा कोरोना पुष्टि भएको थियो । १० गते संक्रमण पुष्टि भएकी युवती फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी थिइन् ।

शनिबार पनि सोही बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी युवतीमा पनि कोरोना पुष्टि भएको थियो ।

कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो ।

स्वास्थय मन्त्रालयका अनुसार हालसम्म ११८४ वटा नमूना परीक्षण भएको र त्यसमा बिहीबारको समेत गरी ६ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

Published : Thursday, 2020 April 2, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया