परिवारवादको लोभले गर्दा प्रचण्डको ‘बदनाम’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति एवम् चीनको कम्युनिस्ट पार्टीका महासचिव सी जिन पिङलाई पत्र पठाउँदा आलोचित बनेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले अंग्रेजीमा लेखेर पठाइएको पत्र ब्याकरणलाई लिएर आलोचना भएको छ । सामाजिक सञ्जालमा दाहालको खुलेरै आलोचना भएको छ ।

प्रतिनिधि सभाको सांसद, पूर्वप्रधानमन्त्री, सत्तारुढ नेकपाको दोस्रो अध्यक्ष रहेका व्यक्तिको सचिवालय कति कमजोर छ भन्ने कुरालाई पत्रले स्पष्ट बनाएको छ । दाहालले आफ्नो सचिवालयमा सक्षम व्यक्तिहरूभन्दा पनि भाइभारदार, नातागोता, छोरी, ज्वाइँलाई राखेका कारण पत्रमा गल्ती भएको भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

दाहालले चाहँदा राज्य कोषबाट तलब ब्यहोरिने आफ्नो सचिवालयमा पारिवारिक सदस्यलाई नियुक्त गर्नुको साटो अंग्रेजी राम्रो जान्ने, टाइप गर्ने व्यक्ति राखेको भए चिनियाँ राष्ट्रपतिलाई पठाएको पत्रका कारण आलोचित हुन पर्ने थिए ।

अध्यक्ष दाहालले सरकारी तलव, भत्ता खाने गरेर आफ्नो निजी स्वकीय सचिवमा कान्छी छोरी गंगा दाहाललाई राखेका छन् । छोरीको शिक्षा कति छ भन्ने कुरा भनिएको छैन । यदि उनले पत्रका विषयमा राम्रो ज्ञान राखेको भए अध्यक्ष दाहाल आलोचित हुने अवस्था आउने थिएन ।

जसले गर्दा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिन पिङलाई लेखेको पत्रमा त्रुटि हुने थिएन । त्रुटि नभएपछि राष्ट्रिय लज्जा हुने थिएन । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री दाहालको पत्रले राष्ट्रको लज्जा भएको छ ।

सबैभन्दा मूल कुरा चिन्तन हो । विवेक हो । व्यवहार हो । सदाचार हो । हाम्रा अगुवाहरू चिन्तन, विवेक, सदाचारमा साचिँकै विपन्न छन् ।

यो विपतका मुखमा सरकारका मन्त्रीहरूबाट भएको नग्न अनियमितता र नेकपाका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिलाई लेखेको पत्रमा भएको त्रुटि परिवारवादको कडी हो ।

त्यसैले व्यक्ति को, कहाँ पुग्यो भन्नेभन्दा पनि उसमा विवेक, सदाचार र अग्रगामी सोंच कति छ ? भन्ने कुरा महत्वपूर्ण रहन्छ । यहाँ त विवेक र सदाचार कायम राख भन्नेलाई नै अराजक र अन्टसन्ट लेख्ने भनेर उल्टै आलोचना हुने गरेको छ ।

नेकपाका अध्यक्ष दाहालको परिवारवादका कारण एउटा पत्रमा ब्याकरण नमिलेको विषयमा आलोचना भएको छ । दाहालको सचिवालय कति निकम्मा छ भन्ने प्रष्ट भएको छ ।

Published : Monday, 2020 March 30, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया