साेमबारकाे नमूना परीक्षणमा कसैलाई पनि काेराेना देखिएन, उत्साहित हुँदै चिकित्सकहरू

काठमाडौं । काठमाडौं र ललितपुरमा आइसोलेसनमा उपचाररत तीन जनाको मृत्यु भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले वीर अस्पतालमा दुई र पाटन अस्पतालमा एक जनाको मृत्यु भएको जानकारी दिए । आइसोलेसनमा उपचाररत उनीहरूको नमूना परीक्षणका लागि पठाइएको उनले बताए ।

पाटन अस्पतालमा ३६ वर्षीय एक जनाको पुरुष व्यक्तिको मृत्यु भएको डा.देवकोटाले बताए । ती व्यक्तिलाई ‘रेनलफेलर’को समस्या देखिएको भन्दै प्रवक्ता डा.देवकोटाले ती व्यक्तिको नमूना परीक्षणका लागि पठाइएको बताए ।

वीर अस्पतालमा फिबर, ब्लडप्रेस र सुगरको समस्या भएका व्यक्तिको मृत्यु भएको उनले बताए । मृत्यु हुनेमा कालिमाटीमा बस्दै आएका भारतीय नागरिकको पनि मृत्यु भएको डा.देवकोटाले बताए । ती भारतीय नागरिकलाई ज्वरो रहेको उनले बताए ।

वीर अस्पतालमा मृत्यु भएका दुबै जनाको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको डा.देवकोटाले बताए ।

त्यसैगरी, प्रवक्ता डा.देवकोटाले टेकु अस्पतालमा चार र पाटन अस्पतालमा ३ जनाको आइसोलेसनमा उपचार भइरहेको बताए ।

बुटवलमा आइसोलेसनमा उपचाररत रुपन्देहीका पुरुष व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु नभएको डा.देवकोटाले बताए । दुबईबाट आएका ती ३४ वर्षीय पुरुषको नेगेटिभ रिपोर्ट आएको उनले बताए ।

प्रवक्ता डा.देवकोटाले सबै प्रदेशमा गरी ९३ जना आइसोलेसनमा बसेर उपचार गराइरहेको बताए ।

सोमबारसम्म ९ सय ९३ वटा कोरोना भाइरसको संक्रमणको नमूना परीक्षण भएको प्रवक्ता डा.देवकोटाले बताएका छन् । सोमबार ७६ वटा नमूना परीक्षण भएको छ ।

प्रवक्ता डा.देवकोटाले सोमबारसम्म प्राप्त नमूनाको रिपोर्टअनुसार कसैलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

यसअघि, पाँच जनालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । तीमध्य एकजनाको उपचारपछि घर फर्किएका छन् । बाँकी चार जना आइसोलेसनमा उपचाररत छन् ।

उपचाररत उनीहरू स्वास्थ्य अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.देवकोटाले बताए ।

Published : Monday, 2020 March 30, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया