दाङमा कोरोनाको आशंका गरिएका सबैकाे रिपाेर्ट नेगेटिभ

घाेराही । दाङमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका ५ जनामै त्यसको लक्षण नरहेको पुष्टि भएको छ ।

एक हप्ताअघि प्रदेश ५ सरकारले उनीहरूको स्वाब नमूना परीक्षणको लागि काठमाडौं पठाएकोमा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

राप्ति विज्ञान प्रतिष्ठानको आइसोलेनमा रहेका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाश प्रसाद देबले जानकारी दिए ।

बुटवलवाट आएको चिकित्सकको टोलीले चैत ९ गते प्रतिष्ठानमा आएको उनीहरुको नमुना संकलन गरेर लगेको थियो । उनीहरूमध्ये २ जनाको बिहीबार रिपोर्ट आएको र तीन जनाको आइतबार रिपोर्ट आएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि सबैलाई डिस्चार्ज गरिएको तर उनीहरू घरमै क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

Published : Sunday, 2020 March 29, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया