कोरोनाको नमूना लिन गएको विमान दुर्घटना

काठमाडौं । कोरोना भाइरसको नमूना लिन नेपालगञ्ज गएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

शनिबार काठमाडौंबाट नेपालगञ्ज गएको विमान दुर्घटनामा परेको हो । वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रन–वे नजिकै अन्डरसुट भएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि विमान नमूना संकलनका लागि गएका बेला नेपालगञ्ज विमानस्थलमा दुर्घटना भएको जनाएका छन् ।

दुर्घटनामा घटनामा मानवीय क्षति भएको छैन । विमानमा सामान्य क्षति भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले उक्त विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने बताएका छन् ।

Published : Saturday, 2020 March 28, 2:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया