दुबईबाट धनगढी आएका पुरुष व्यक्तिमा कोरोना पुष्टि

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना पुरुष व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका ती व्यक्ति दुबईबाट आएका थिए ।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने बताए ।

विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको उनले बताए । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

योसँगै नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Published : Friday, 2020 March 27, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया