‘लक डाउन’का बेला बेनीका युवाद्वारा खाद्य सामाग्री वितरण, विपन्न परिवारले दिए आशीर्वाद

बेनी । म्याग्दी जिल्लामा स्थानीय पाँच जना युवाहरूले छ जनाको परिवारलाई निःशुल्क रुपमा खाद्य सामाग्रीहरू वितरण गरेका छन् ।

कोरोना भाईरस रोकथाम गर्न सरकारले आह्वानमा ‘लक डाउन’ भएको छ । लक डाउनका बेला म्याग्दीमा दैनिक गुजारा गर्न समस्यामा परेका छ परिवारलाई स्थानीय युवाहरूले रासनपानी उपलब्ध गराएका हुन् । उनीहरूले चामल, तेल, नुनसहितका सामाग्री उपलब्ध गराएका छन् ।

म्याग्दीको बेनी नगरपालिकामा दैनिक ज्याला मजदुरी गरेर बिहान–बेलुका छाक टार्दै आएका ६ परिवारलाई घरमै पुगेर सहयोग गरेको निर्मल खत्रीले जानकारी दिए ।

बेनी नगरपालिका–९ घतानका बेनी नगरपालिका ४ डाडाँखेतका ३ मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको खत्रीले जानकारी दिए ।

बेनी नगरपालिका ९ काउलेगौडाका, बिर्खबहादुर सार्की, तङरङगेका ४ जना परिवार, कोसेपानीकी गीता मिजारको ६ जनाको परिवार, मनेबहादुर मिजारका ४ जना परिवार, बेनी नगरपालिका ४ डाँडाखेतका नौली परियार, मोहन बिक, शिरबहादु बिकको परिवारलाई खाद्य सामाग्री निःशुल्क उपलब्ध गराएको खत्रीले जानकारी दिए ।

बेनी नगरपालिका वडा नम्बर ९ का निर्मल खत्रीको नेतृत्वमा बेनीबाट गएका भरतबहादुर रकाल, विश्वास श्रेष्ठ, कमल विश्वकर्मा र बिक्रम सुवेदीको टोलीले विपन्न परिवारहरूलाई घरमै पुगेर सहयोग गरेका हुन् ।

उनीहरूले अन्य विपन्न परिवारलाई पनि समेत सहयोग गर्ने जनाएका छन् ।

भरतबहादुर रकालले पहिलो चरणमा अति बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको बताए । ‘अन्य ठाउँबाट पनि विपन्न परिवारहरूले सहयोगको माग गर्नुभएको छ’, रकालले भने, ‘समस्यामा परेका परिवारहरूलाई सहयोग गर्ने छौँ ।’ उनले यो बेला कुनै लाभको कुरा नहेरी सबैले विपन्न परिवारहरूलाई सहयोग गर्नुपर्ने बताए ।

यी पाँच जना युवाहरू विभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक काम गर्दै आएका छन् । उनीहरूले म्याग्दी जिल्लामा लक डाउनका बेला संकटमा परेका परिवारलाई खाद्यान्न सहयोग गरेर अरुलाई पनि सहयोगको भावना जगाउने प्रयास गरेका छन् ।

Published : Thursday, 2020 March 26, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया