भारतले पठायो उच्च क्षमताको मास्क उद्योगको उपकरण

काठमाडौं । भारतले नेपालमा उच्च क्षमताको मास्क उत्पादन उद्योगको स्थापना गरिदिने भएको छ ।

उद्योगको स्थापनाका लागि चाहिने सबै आवश्यक उपकरणहरू जगदम्बा गुप्रको मागअनुसार भारतबाट पठाइसकिएको छ । जगदम्बा ग्रुपले माग गरेको एक हप्ताभित्र आवश्क सबै उपकरणहरू नेपाल भित्रिसकेका छन् ।

ती उपकरण गुजरातबाट सुनौली आइपुग्न एक हप्ता लागेको छ । जबकी सामान्यता रुपमा भारतबाट नेपाल आउने कन्टेनरलाई आईपुग्न कम्तीमा १५ दिन लाग्ने गर्दछ ।

भारतीय अधिकारीको तदारुकता र दिनरातको कठिन परिश्रमका कारण छोटो समयमै सो उद्योगको स्थापनाका लागि आवश्यक उपकरणहरू नेपाल आइपुगेका हुन् ।

कोरोनो भाइरसको संक्रमणविरुद्ध आवश्यक मेडिकल सामाग्रीहरूको १५ वटा थप कन्साइनमेन्टहरू पनि गत हप्ता नेपाल आइपुगेको छ ।

भारतीय अधिकारीहरूले नेपालतर्फ आउने सबै कन्साईमेन्ट यथासक्य चाँडो नेपाल आईपुगोस् भन्नेमा गम्भीर देखिएको जनाएका छन् ।

Published : Thursday, 2020 March 26, 1:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया