काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विक्रम संवत् २०८१ चैत महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाएका छन् । ललितपुरको कुपण्डोलमा बिहीबार बसेको तरुण दलको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष गुरुङद्वारा प्रस्तावको कार्यतालिकामा ०८१ भित्र केन्द्रीय महाधिवेशन गरिसक्ने उल्लेख छ । अध्यक्ष गुरुङले नेपाल तरुण दलको पाँचौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका पेस गरेपछि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् । अध्यक्ष गुरुङले नेपाल तरूण दलको...