चीनले चेक रिपब्लिकलाई पठाएको कोरोना परीक्षणकाे किट नक्कली

काठमाडौं । चेक रिपब्लिकको एक प्रतिष्ठित सञ्चारमाध्यमले चीनद्वारा चेक रिपब्लिकलाई कोरोना परीक्षणको लागि पठाएको किटमध्ये ८० प्रतिशतले गलत नतिजा दिने गरेको खुलासा भएको छ ।

चेक रिपब्लिकका वरिष्ठ पत्रकार विल ह्याटनले उक्त समाचारलाई ट्वीट गर्दै चीनद्वारा पठाइएको किटले गलत नतिजा दिने गरेको उल्लेख गरेको छन् ।

चेक रिपब्लिकलाई काम नलाग्ने किट पठाएको कुराको चर्चा नेपाली वृतमा पनि हुन थालेका छन् ।

चीनले नेपाललाई पनि कोरोना परीक्षणको २ हजार किटहरू पठाएको छ । चेक रिपलिब्कमा जस्तै नेपालमा पनि उक्त किटहरूले सही नतिजा नदेखाउला भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।

Published : Thursday, 2020 March 26, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया