खाडीबाट आएका नेपाली युवकमा कोरोनाको संक्रमण

काठमाडौं । खाडी मुलुकबाट आएका एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

ती युवकको स्बाव परीक्षण गर्दा मंगलबार राति १२ बजे कोरोनाको संक्रमण पुष्टि भएको गुप्ताले जानकारी दिएका छन् ।

संक्रमण देखिएका ती युवक खाडी मुलुकबाट आएका हुन् । उनी कुन एयरको जहाजमा कहिले नेपाल आएका थिए खुल्न बाँकी छ ।

ती युवकलाई टेकु अस्पतालको आइसोलेनसमा राखेर उपचार गरिएको छ ।

यसअघि गत आइतबार फ्रान्सबाट आएकी एक १९ वर्षीय युवतीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

केही समयअघि एक जना युवामा पनि कोरोना भाइरस पुष्टि भएको थियो । उनी भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Published : Wednesday, 2020 March 25, 3:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया