ग्राण्डी र अल्काले कोरोना आशंका गरिएकालाई उपचार गर्न मानेनन्, स्पष्टीकरण माग

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नागरिकहरूलाई बचाउन सरकारले विभिन्न प्रयासहरू गरिरहेका बेला काठमाडौं उपत्यका दुई ठूलो अस्पतालसँग स्पष्टीकरण सोधिएको छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौंको ग्राण्डी अस्पताल र ललितपुरको अल्का अस्पताललाई स्पष्टीकरण सोधेको हो । संकास्पद कोरोना भाइरसका संक्रमितको उपचार नगरेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको जनाइएको छ ।

आफूलाई फाइभ स्टार अस्पतालको रुपमा दाबी गर्दै आएको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल र ललितपुरको पुल्चोकमा रहेको अल्का अस्पतालले कोरोना भाइरसको शंकाष्पद बिरामीलाई भर्ना लिन अस्वीकार गरेको खुलेको छ ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले एक टेलिभिजनसँगको अन्तर्वार्तामा आफूहरूले कोरोना भाइरसका बिरामी उपचार नगर्ने बताएका कारण मन्त्रालयले स्पष्टीकरण मागेको बताइएको छ ।

उनलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण लिइएको स्रोतले बताएको छ ।

अल्का अस्पतालका मालिक कुमार थापाले पनि सोही आसयको प्रतिक्रिया दिएका थिए । उनले भने मन्त्रालयमा स्पष्टीकरण बुझाएका छैनन् ।

पाण्डेले सरकारले दिएको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालय स्रोतले जनाएको छ । अल्का अस्पतालले भने मन्त्रालयमा स्पष्टीकरण पठाएको छैन ।

Published : Tuesday, 2020 March 24, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया