तीन जना डीआईजीको एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।

उनीहरू गत फागुन दोस्रो साता बढुवा सिफारिस भएका थिए । प्रधानमन्त्री केपी ओली बिरामी पर्दा अनुमोदन ढिलाइ भएको थियो ।

Published : Tuesday, 2020 March 24, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया