विश्व स्वास्थ्य संगठनद्वारा नेपालको प्रयोगशालाको प्रशंसा

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरस (कोभिड १९) को परीक्षण विश्वसनीय र चित्तबुझ्दो रहेको जनाएको छ ।

डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा.जोस भेन्डिलिएरद्वारा जारी पत्रमा नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो रहेको उल्लेख छ ।

पत्रमा विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाविरुद्धको सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नदेखिनु प्रयोगशालाको गल्ती भएको भन्दै आलोचना हुँदै आएका बेला विश्व स्वास्थ्य संगठनले नेपालको प्रयोगशालाको प्रशंसा गरेको हो ।

प्रयोगशालाले कोरोनाको नमूना परीक्षणका सम्बन्धमा कुनै कमीकमजोरी नभएको बताउँदै आएको छ ।

Published : Tuesday, 2020 March 24, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया