यी हुन एक महिना अगाडि साढे दुई करोड बुझाएर सांसद बनेका ‘मान्छे’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को तर्फबाट राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका सांसद शेखरकुमार सिंहले साढे दुई करोड बुझाएर सांसद बनेको खुलासा भएको छ ।

राजपाका सिंहले साढे दुई करोड बुझाएर सांसद बनेको अडियो सार्वजनिक भएको छ । सिंहले माघ ९ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सांसद हुन साढे दुई करोड रुपियाँ घुस बुझाएका हुन् ।

विवादित सिंह प्रदेश २ बाट राजपाको उम्मेदवार बनेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँगको गठबन्धनपछि सिंह निर्वाचित बनेका थिए ।

सुरजीत सिंह र ज्योति झावीच देनदेनकोे संवाद भएका छन् । अडियोमा सांसद सिंहले राजपाका नेताहरूलाई साढे दुई करोड बुझाएको उल्लेख छ ।

सांसद शेखरकुमार सिंह र सुरजीत सिंहको पारिवारिक सम्बन्ध राम्रो छैन । उनीहरूको पारिवारिक सम्बन्ध रहेपनि बोलचाल राम्रो छैन ।

उनीहरू दुईबीच कुराकानी भइरहँदा पूर्वरक्षा सचिव तिलकराम शर्मापनि मिसिएका छन् । उनीहरूको सम्पादका आधारमा पूर्वरक्षा सचिव शर्माले सांसद सिंहलाई सांसद पदको उम्मेदवार बन्न साढे दुई करोड रुपियाँको व्यवस्था गरेको उल्लेख छ ।

पूर्वरक्षा सचिव शर्माले सो कुरा स्वयम् स्वीकार गरेका छन् । ज्योति झा भने पूर्व सचिव तिलकराम शर्माको रकम उठाइदिनका निम्ति पहल गरेका छन् । सांसद बनेपछि सिंह भाग्दै हिँडेका छन् । सो रकम तिर्न सांसद सिंहले अटेर गरेका छन् ।

मधेस केन्द्रित दलको नेतृत्वलाई योग्य नेता तथा कार्यकर्तालाई पाखा लगाएर पैसावालाहरूलाई टिकट बेच्ने गरेको आरोप लाग्दै आएको छ । यो अडियोले राजपाका शीर्ष नेताहरूमाथि गम्भीर प्रश्न उब्जाइदिएको छ ।

अडियो प्रकरणमा शरतसिंह भण्डारी, राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झालाई सम्बोधन गरेर कुराकानी गरिएको छ । स्रोतका अनुसार पूर्वसचिव शर्मा राजपा नेता शरतसिंह भण्डारी निकटका हुन् ।

शेखरकुमार सिंहले ५५०२ मत ल्याएर प्रदेश २ बाट राष्ट्रिय सभामा सांसद बनेका थिए ।

Published : Thursday, 2020 March 19, 1:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया