धर्मपुत्रको ७० करोड काण्ड लुकाउन खोजेपछि विश्वप्रकाशले गरे भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको तर्फबाट जारी गरेको श्वेतपत्रमा प्रश्न उठाएका छन् ।

कांग्रेसका प्रवक्ता शर्माले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मोलमोलाई दाबी गरिएको अडियोटेप र त्यसपछि उत्पन्न अवस्थालाई अन्यत्र मोड्न श्वेतपत्र जारी गरिएको उल्लेख गर्दै ट्वीट गरेका हुन् ।

‘धर्मपुत्रको ७० करोडबाट ध्यान मोड्ने प्रयत्न, अर्थात् नेपाल ट्रष्टको श्वेतपत्र !’, शर्माले ट्वीटमा भनेका छन्, ‘श्वेतपत्रको शास्त्र पालना नगरी निर्माण गरिएको दुब्लो अस्त्र । कुनै नाम जानेर छोड्ने कुनै हिसाब गरेर जोड्ने ।’

जसमाथि ट्रष्टको समयावधि सकिनुअघि नै लिज अवधि थप गरेको आरोप लागेको छ उसैले श्वेतपत्र जारी गरेको भन्दै शर्माले भनेका छन्, ‘गोकर्णको मुद्दा जो समेतमाथि, जारी उहाँबाटै आफ्नो शिरमा मुद्दा आफैं न्यायाधीश ?’

मंगलबार ट्रष्टको तर्फबाट श्वेतपत्र जारी गरेका पोखरेलले दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई लिजमा दिँदा क्रमशस् पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको उल्लेख गरेका थिए ।

Published : Wednesday, 2020 February 26, 1:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया