क्याम्पस बचाउन नेविसंघ पुल्चोकले थाल्याे आन्दोलन, महरले दिए साथ

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्ष नैनसिंह महरले ईञ्जिनियारिङ अध्ययन संस्थान, पुल्चोक, ललितपुरमा विभिन्न माग राखेर अनसनरत नेविसंघका विद्यार्थीको माग पूरा गर्न आग्रह गरेका छन् ।

पुल्चोक ईञ्जिनियरिङ क्याम्पसमा अनसनरत विद्यार्थीको आन्दोलनप्रति सोमबार ऐक्यबद्धता जनाउँदै महरले नेविसंघ ईञ्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीले गरेको आन्दोलनको प्रशंसा गरेका हुन् ।

नेविसंघका नेता विशु थापाका अनुसार आइतबारदेखि शुरु भएको नेविसंघको आन्दोलनका माग पूरा नहुँदासम्म रिले अनसन जारी रहने बताए ।

महरले भने, ‘विद्यार्थी साथीहरूले थालेको पहलकदमीको प्रशंसा गर्न चाहन्छु’, उनले भने, ‘पुल्चोक नेविसंघले शुरु गरेको अनावश्यक प्रशासनसँग जोडदार माग गर्दछ ।’

‘विद्यार्थीका मागहरू समयमै सम्बोधन नभए विद्यार्थी आन्दोलनको बेगको सामना गर्नुपर्ने चेतावनी समेत दिन चाहन्छु’, पूर्वअध्यक्ष महरले भने ।
क्याम्पसमा नेविसंघका नेताहरूले विभिन्न २३ बुँदे माग राखेर अनसन बस्दै आएका छन् ।

‘नेपालको विश्वविद्यालय शिक्षाको विकासका लागि नेपालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले ०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना गरेको यथार्थता अवगत नै छ’, महरले भने, ‘कांग्रेसले जहिले पनि शैक्षिक उन्नयनले मात्र सामाजिक रुपान्तरण हुन सक्छ भन्ने कुरा विश्वास राख्छ ।’

पुल्चोक ईञ्जिनियरिङ क्याम्पसका नेविसंघका विद्यार्थीले शुरु गरेको आन्दोलनप्रति नेविसंघका नेताहरूले ऐक्यबद्धता जनाउँदै आएका छन् ।

Published : Monday, 2020 February 24, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया