राष्ट्रपतिको जिल्लामा नेकपाभित्र पहिरो, मुख्यमन्त्रीका कार्यकर्ता कांग्रेसमा प्रवेश

भाजपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भोजपुरका नेता बिर्खबहादुर तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

भोजपुरको काफ्लेमा शनिबार आयोजित कार्यक्रममा नेकपा परित्याग गरेर तामाङको नेतृत्वमा नेकपाका १० जना नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरका हुन् ।

नेकपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीहरूलाई कांग्रेसका स्थानीय नेताहरूले स्वागत गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरमा नेकपा परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नेहरूको लहर नै चलेको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ५ खावाँमा नेकपा र विभिन्न पार्टी परित्याग गरी २८ जना कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । भोजपुर नगरपालिका वडा नं ९ पानीटंयाकीमा नेकपा र विभिन्न पार्टी परित्याग गरी १० जना कांग्रेसमा प्रवेश गरेका छन् ।

ट्याम्केमैयुङ् गाउँपालिका वडा नं ५ खावाँमा नेकपा र विभिन्न पार्टि परीत्याग गरी स्थानीय एकराज विष्ट, धर्मजित राई, जितबहादुर विष्ट, शंखर राई, सुरेश विष्ट, कैलाश राई, शुभराज राई, रमन राई, केशरमान राई, जितेन्द्र राई, ममत राई, अनिस राई, जेम्स तामाङ, हुङमासुङ राई, राजित राई, बिवस राई, मञ्जु विष्ट, लक्ष्मी विष्ट, बेर्नाबहादुर, प्रदीप राई, पूर्णहाङ राई, कमला विष्ट, टीकाराम राई, मनबहादुर राई, सरिता राई, बलीराज राई, रमेश राई गरी २८ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

सुराते तामाङ, गंगा श्रेष्ठ, दिलबहादुर बस्नेत, सुरेन कार्की, गोमा तामाङ, निङमा तामाङ, सूर्यकुमार तामाङ, गोमादेवी तामाङसहित १० जना कांग्रेसमा प्रवेश गरेको तरुणदल जिल्ला सचिव ज्योति पौडेलले जानकारी दिए ।

उनीहङलाई टेम्केमैयुङ गाउँपालिका वडा नं. ५ कांग्रेसका सभापति मणिप्रसाद राईको अध्यक्षता र जिल्ला सभापति नन्दमणि राई, विशेष अतिथि हेमन्त मुकारुङ, हरि खतिवडा, तरुणदल जिल्ला सभापति सरोज बस्नेत, सचिव ज्योति पौडेल, नेबिसंघ जिल्ला सभापति टार्जन राई लगायत अन्य नेता तथा कार्यकर्ताको उपस्थितीमा औपचारिक कार्यक्रम गरी कांग्रेस प्रवेश गराएको तरुणदल जिल्ला सभापति सरोज बस्नेतले जानकारी दिएका छन् ।

साे अवसरमा बिर्खबहादुर तामाङको सभापतित्वमा २५ सदस्य वडा कार्य समिति समेत चयन भएको छ । जसको उपसभापतिमा अशाेक बस्नेत, प्रमेश भारती, सचिव रोसन तामाङ, सहसचिव मेनुका बस्नेत, रीता तामाङ र कोषाअध्यक्ष भाष्कर तामाङ सहित २५ सदस्य कार्य समिति चयन गरिएको छ ।

वडा सभापति समिर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कार्य समितिका सभापति नन्दमणि राई, सचिव कैलाशकुमार आले, कोषाअध्यक्ष सफल किरात, महासमिति सदस्य हेमन्त मुकारुङ, महाधिवेशन प्रतिनिधि हरि खतिवडा, तरुण दल जिल्ला अध्यक्ष सरोज बस्नेत, महिला संघकी दीपा सुवेदी, नेविसंघ जिल्ला सभापति टार्जन राई लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

Published : Sunday, 2020 February 23, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया