ओलीजीको अगाडि पछाडि भ्रष्ट, दलाल र तस्करहरू मात्रै छन्ः विमलेन्द्र निधि

सर्लाही । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ओली सरकार भ्रष्टाचारमा डुबेको भन्दै जनताले दिएको मतको कम्युनिस्टहरूले कदर गर्न नसकेको बताएका छन् ।

सर्लाही जिल्लाको क्षेत्र नम्बर ४ मा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निधिले भ्रष्टाचारीको अनुहार पनि हेर्दैन भन्ने ओलीजीका खास मन्त्री ७० करोड बार्गेनिङमा लागेको बताए ।

‘प्रधानमन्त्री ओलीजीले भ्रष्टाचारीको अनुहार पनि हेर्दैन भन्नु हुन्छ । उहाँका अगाडि पछाडि भ्रष्टहरू छन्’, उनले भने, ‘सञ्चार मन्त्री गोकुल बास्कोटाको अडियो सार्वजनिक भएपछि सबै कुरा छर्लङ्ग भएको छ ।’

मुलुकमा शान्ति सुरक्षाको अवस्था कमजोर हुँदै गएको उनले बताए । निर्मला पन्तका दोषीहरू अलिहे पनि पक्राउ पर्न नसकेको भन्दै उपसभापति निधिले सरकार असफल भएको बताए ।

कांग्रेसको नेतृत्वमा आएको संविधानका कारण जनताका धेरै अधिकार संरक्षण हुन सकेको उनले बताए । तर, ओली सरकारले संसदबाट कानून बनाएर जनताको अधिकार कटौती गर्न लागेको उनले बताए ।

ओली सरकार र कम्युनिस्टहरू अलोकप्रिय हुँदै गएको उपसभापति निधिले बताएका छन् ।

Published : Saturday, 2020 February 22, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया