ओलीको प्रधानमन्त्री कार्यालय सेटिङ र लुटिङको अड्डाः विमलेन्द्र निधि

जनकपुर । नेपाली कांगेसका उपसभापति विमलेन्द्र निधिले मन्त्रीबाट सेटिङ्ग–लुटिङ्गको कार्य हुनुले ओलीको कम्युनिस्ट सरकार उदाङ्गिएको बताएका छन् ।

शुक्रबार धनुषाको नगराईन नगरपालिकास्थित गंगुलीमा शिव तथा हनुमान मन्दिरको उद्घाटन कार्यक्रममा निधिले कम्युनिस्ट सरकारका मन्त्रीहरू सेटिङको धन्दा चलाएर कमाउनेतिर लागेको बताए ।

‘प्रधानमन्त्री केपी ओलीजीले सरकारमा लुटिङ्गको फ्यास्लिटी नभएको स्पष्टीकरण दिरहुनुभएको छ’, उनले भने, ‘सरकार कै मन्त्रीबाट सेटिङ्ग–लुटिङ्ग हुने गरेको कुराको पोल खुलेको छ । जनताका उहाँको स्पष्टिकरण लजास्पद बन्न पुग्यो अब ।’

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसन प्रकरणको अडियो टेप सार्वजनिक भएकोप्रति यंग्य गर्दै उपसभापति निधिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रधानमन्त्री ओलीले सेटिङ्ग–लुटिङ्ग कार्यालय बनाएको आरोप लगाएका छन् ।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रधानमन्त्रीले सेटिङ्ग–लुटिङ्गको अड्डा बनाउनुभयो’, उनले भने, ‘आजको दिन महादेवको जन्म र विवाह भएको दिन हो । यस्ता गलत कूकृत्य गर्ने र गराउनेलाई संघार गरुन भन्दै शिवसँग प्राथना गर्छु ।’

‘शिवले आफ्नो विवाहमा भुत, प्रेत, पिचास, मानव, देवी, देव लगायतका हरेक वर्गलाई जन्तीमा लगेकाले उनी जस्ता समावेशी, समानुपातिक र समाजवादी कोही पनि छैन’, उनले भने ।

कम्युनिष्टको कुनै पनि धर्म नभएको भन्दै उपसभापति निधिले कम्युनिस्ट सरकारको धर्म, लोकतन्त्र, संघीयता, समावेशी लगायतकामा समेत विश्वास नरहेको बताए ।

Published : Saturday, 2020 February 22, 8:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया