नेविसंघका महामन्त्रीहरूलाई जिम्मेवारी तोकियो

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जनसम्र्क र दैनिक कार्यसम्पादनका लागि महामन्त्रीहरूलाई जिम्मेवारी तोकिदिएको छ ।

नेविसंघको केन्द्रीय कार्यालयको गतिविधि सुव्यवस्थित रुपमा सञ्चालन गर्न दैनिक रुपमा एक जना महामन्त्री कार्यालयमा उपस्थिति हुनेछन् ।

नेविसंघ केन्द्रीय कार्यालयका मुख्य सचिव डिल्लीराज हमालद्वारा सूचनाअनुसार आइतबार महामन्त्री बलदेव तिमिल्सिना, सोमबार उर्मिला थपलिया, मंगलबार मनोज वैद्य, बुधबार दीपक भट्टराई, विहीबार युवराज पाण्डे र शुक्रबार महेश्वरी कुँवरलाई तोकिएको छ ।

Published : Wednesday, 2020 February 19, 11:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया