निधिको अभिव्यक्तिले कम्युनिस्टलाई चक्कर आयो

भरतपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार पूर्ण रुपमा अ’सफल भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले दुई वर्षको अवधिमा ओली सरकार पूर्ण रुपमा अ’सफल रहेको बताए ।

प्रधानमन्त्री ओलीले दुई वर्षसम्म सरकार कायम रहनु नै सरकारको ठूलो उपलब्धी रहेको बताएको विषयलाई निधिले व्याङ्ग्यका रुपमा ब्याख्या गरे ।

उपसभापति निधिले कम्युनिस्ट सरकारले जनताका सरोकार, देशको हित, शान्ति सुरक्षा, विकास निर्माणको काम गर्न गम्भीरतापूर्वक रुपमा नलिएको बताए । निधिले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालकै हितमा रहेको बताए ।

एमसीसी परियोजनाबाट बाहिर हल्ला भएको जस्तो कुनै पनि प्रकारको हा’नी नहुने भन्दै निधिले एमसीसी परियोजना तुरुन्त पारित गर्नुपर्ने बताए ।

उनले कांग्रेसले सहमतिकै आधारमा १४औँ महाधिवेशनको मिति तयार गरेको बताए । उनले कसैलाई एक्लाउने पार्टीको नीति नभएको उल्लेख गरे ।

Published : Monday, 2020 February 17, 11:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया