नेकपाका शक्तिशाली नेतासहित तीन सय कार्यकर्ता कांग्रेसमा प्रवेश

ईटहरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्लास्तरीय नेतालाई पार्टी प्रवेश गराएका छन् ।

सुनसरी जिल्लाको भाण्टाबारीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्कीले नेकपा सुनसरीका जिल्ला नेता ताजमुल मन्सुरीसहित तीन सय जनालाई पार्टीमा भित्र्याएका हुन् ।

सत्तारुढ नेकपा सुनसरी जिल्लामा ठूलो प्रभाव राख्ने मन्सुरी नेपाली कांग्रेसमा प्रवेश गरेपछि कम्युनिस्टहरू कमजोर मानिएका छन् ।

कम्युनिस्टहरूले झुठ बोलेर जनतालाई ढाँटेपछि आजित बनेका उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।

नेपाली कांग्रेसका नेता कार्कीले नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउँदै योग्यता र क्षमताअनुसार कांग्रेसमा जिम्मेवारी दिइने बताएका छन् ।

Published : Tuesday, 2020 February 11, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया