ओली-प्रचण्डकाे केही चलेन, देशकै ठूलो संस्थामा कम्युनिस्टको चुरीफुरी समाप्त, कांग्रेसकाे जित

काठमाडौं । नेपाल चिकित्सक संघमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहले कब्जा जमाएको छ ।

डा.लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूह संघमा विजयी भएको हो । संघमा एक जना सदस्य मात्रै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटबाट निर्वाचत भएका छन् ।

शुक्रबारदेखि शुरु भएको मतगणना मंगलबार बिहान साढे २ बजे सकिएको छ ।

अध्यक्षमा डा.कार्कीले नेकपा निकटका उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले हराएका छन् । डा.कार्कीले ४ हजार १ सय ११ मत पाएका छन्
नेकपा निकटको पेशागत समावेशी समूहका डा.पुष्पमणि खरालले १ हजार ९ सय ७९ मत पाएका छन् । डा.कार्की र खरालबीच २ हजार १ सय ३२ मतअन्तर छ ।

नयाँ कार्यसमितिमा नेकपा निकटको पेशागत समावेशी समूहबाट डा.लिजन महर्जन सदस्यमा विजयी भएका छन् । डा.महर्जनले २ हजार ८ सय ७२ मत ल्याएका छन् ।

नेकपा निकटका डा.महर्जनले लोकतान्त्रिक समूहका डा.विक्रान्त ढकाललाई २ सय ८६ मतले पछाडि पार्दै विजयी भएका हुन् ।

अध्यक्ष

डा.लोचन कार्की – ४१११ (विजयी)

डा.पुष्पमणि खराल– १९७९

वरिष्ठ उपाध्यक्ष

डा.रक्षा श्रेष्ठ– २२६२

डा.शिवप्रसाद श्रेष्ठ – ३५९५ (विजयी)

उपाध्यक्ष

डा.अनिलविक्रम कार्की – ३९४५ (विजयी)

डा.रञ्जितकुमार झा – १९५४

महासचिव

डा.बद्री रिजाल – २४३१ (विजयी)

डा.मधुर बस्नेत – १३७८

डा.दीपेन्द्र पाण्डे – १३०१

डा.अजयकुमार मिश्र– ८६९

कोषाध्यक्ष

डा.प्रकाश बुढाथोकी– ३२७८ (विजयी)

डा.सञ्जितकुमार साह– २५७९

सहसचिव

डा.निरजकुमार सिंह– ३७९० (विजयी)

डा.सैलेन्द्र झा– १८९४

सहकोषाध्यक्ष

डा.विश्वाराज दवाडी– ३९३५ (विजयी)

डा.उदयनारायण सिंह– १९४२

सदस्यहरू

१. डा.अमित चतुर्वेदी– १५७४

२. डा.विक्रान्त ढकाल– २५८६

३. डा.विपेश आचार्य– २८८० (विजयी)

४. डा.दीपकप्रसाद कोइराला– १८६८

५. डा.जगदिशचन्द्र विष्ट– १२४९

६. डा.लिजन महर्जन– २८७२ (विजयी)

७. डा.नन्दाकुमारी गुरुङ– ३३१६ (विजयी)

८. डा.प्रमोद जोशी– २७९६ (विजयी)

९. डा.प्रवीणकुमार गिरी– ७४७

१०. डा.राकेश कुमार साह – २३१३

११. डा.रितेश थापा– ३७१७ (विजयी)

१२. डा.सञ्जीव तिवारी– ३००४ (विजयी)

१३. डा.सुमन काफ्ले – २२२६

१४. डा.त्रिभुवन चन्द्र झा – १८१३

Published : Tuesday, 2020 February 11, 8:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया