अग्नि सापकोटालाई लाग्यो शक्तिशाली झट्का, क्यानडाले मान्यता दिएन

काठमाडौं । हत्या अभियोग लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता समेत रहेका सभामुख अग्नि सापकोटालाई ठूलो झट्का लागेको छ ।

सापकोटालाई नेपाल भ्रमणमा आउन लागेका क्यानेडियन सिनेटका सभामुख जर्ज जे फ्युरीले भेट नगर्ने भएका छन् । फ्युरीको सूचीमा सापकोटालाई भेट्ने कार्यक्रम छैन ।

क्यानेडियन सिनेटका सभामुख फ्युरीले राष्ट्रियसभा अध्यक्षसँग गणेशप्रसाद तिमिल्सिनालगायतसँग भेट गर्नेछन् ।

फ्युरी र सापकोटावीच भेट गराउन संसद सचिवालय र सापकोटा निकटका केही व्यक्तिहरूले प्रयास गरेका छन् । यो समाचार तयारपार्दासम्म उनीहरूको भेटको टुंगो लागेको छैन ।

सापकोटाको युद्ध अपराधसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेका कारण फ्युरीले उनलाई नभेट्न लागेका हुन् ।

फ्युरीले मन्त्रीहरूलाई भेट्ने छन् । उनले सांसदहरू र अन्य उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ ।

क्यानेडियन सभामुख फ्यरीले मंगलबार बिहान १० बजे कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटघाट गर्ने कार्यक्रम छ ।

Published : Monday, 2020 February 10, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया