जनताको तलब खाएर अख्तियारका कर्मचारीले नेकपाको काम गर्ने होइनः देउवा

रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदारलाई षडयन्त्रपूर्ण तरिकाले अख्तियारले मुद्दा चलाएको आरोप लगाएका छन् ।

मन्थलीमा शनिबार आयोजित कार्यक्रममा देउवाले राजनीतिक पूर्वाग्रही भएर अख्तियारले चलाएको मुद्धा तत्काल मुद्दा फिर्ता लिनुपर्ने बताए ।

गच्छदारविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्देशनमा अख्तियारले मुद्दा चलाएको सभापति देउवाले आरोप लगाए ।

‘अख्तियारका कर्मचारीहरूले पनि नागरिकबाट उठेकै करबाट तलब खाने भएकाले उनीहरूले पार्टीको काम गर्ने हैन’, नेपाली कांग्रेसका सभापति देउवाले भने, ‘पार्टीको निर्देशनमा नेता तथा कर्मचारीहरूलाई झुटो मुद्दा लगाएर दुःख दिने काम अख्तियारका हाकिम र कर्मचारीहरूले गर्न मिल्दैन ।’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गच्छादारलाई मात्रै नभएर ललिता निवास जग्गा प्रकरणमा जोडिएका सबैलाई मुद्दा चलाउनुपर्ने बताए ।

एउटै प्रकरणमा मुछिएका कसैलाई उन्मुक्ति दिनु र कसैलाई मुद्दा चलाइनु आपत्तिजनक भएको उनले बताए ।

Published : Saturday, 2020 February 8, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया