सापकोटा सभामुख भएपछि चिनियाँ दूतावासमा भव्य भोज, छोराको हालीमुहाली

काठमाडौं । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेटेर शुभकामना दिएकी छिन् ।

पदभार सम्हालेको केही समयभित्रै नेपालका लागि चिनियाँ राजदूत यान्छीले सिंदरबारस्थित संसद सचिवालयको कार्यकक्षमा पुगेरै सापकोटालाई बधाइ र शुभकामना दिएकी हुन् ।

सापकोटा चीन निकट कम्युनिस्ट नेताका रुपमा चिनिन्छन् । सापकोटाको सम्बन्ध चीनसँग अत्यन्तै राम्रो छ ।

कृष्णबहादुर महरा यौन दुर्व्यवहारको अभियोगमा कारागार चलान भएपछि चीनले सापकोटामार्फत आफ्ना योजनाहरू सापकोटामार्फत पूरा गराउँदै आएको आरोप छ ।

सापकोटा र नेपालका लागि चिनियाँ राजदूत यान्छीवीच भएको भेटमा सापकोटाकै छोरा रुपक सापकोटाले ट्रान्सेलटरको भूमिका निभाएका छन् ।
सभामुख भएपछि सबभन्दा पहिला भेट्ने कूटनीतिज्ञ नै चिनियाँ राजदूत हुन् ।

सभामुख र राजदूतबीचको कुराकानीलाई रुपकले सहजीकरण गरेको तस्वीरमा देख्न सकिन्छ । चिनियाँ राजदूतले चिनियाँ भाषामा बोलेको कुरालाई रुपकले नेपाली भाषामा उल्था गरेर सभामुख सापकोटालाई बुझाएका छन् ।

सभामुख सापकोटाको भनाइलाई चिनियाँ भाषामा उल्था गरेर रुपकले राजदूत यान्छीलाई सुनाएका छन् । उनीहरूबीच आधा घण्टा कुराकानी भएको थियो ।

रुपक सभामुख सापकोटाका माइला छोरा हुन् । उनी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक समेत हुन् । रुपकले चीनको रनवीन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् ।

यसैवीच, सापकोटाले सभामुखमा सपथ लिएको खुसीयालीमा काठमाडौंको बालुवाटारस्थित चिनियाँ राजदूतावासमा भव्य खुसीयाली भोज भएको छ ।

राजदूत यान्छीले चीन निकट मानिने नेपाली नेता र आफ्ना सम्पर्क सूत्रहरूलाई बोलाएर भोज दिएको स्रोतले जनाएको छ ।

Published : Monday, 2020 January 27, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया