कांग्रेस नेता खतिवडाद्वारा घाइतेहरूको हेलिकप्टबाट उद्धार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जीप दुर्घटनाका घाइतेहरूलाई ओखलढुंगाबाट हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याएका छन् ।

ओखलढुंगा जिल्लाको फेदीकोटमा सोमबार बिहान बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा फेदीकोट – ५ का सन्तोष बिकको मृत्यु भएको छ ।

दुर्घटनामा कुमारी बिक, अनिता बुढाथोकी र जितबादुर खत्री गम्भीर घाइते भएको नेपाली कांग्रेसका युवा नेता खतिवडाले जानकारी दिए ।

घाइते तीन जनालाई काठमाडौंको ह्याम्प अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको खतिवडाले बताए ।

Published : Monday, 2020 January 27, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया