भीआईपी पूर्व गुण्डा नाइकेलाई तनाब, नेकपाको पावर देखाउँदै

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेशका प्रदेश सांसद एवम् पूर्व गुण्डा नाइके राजीव गुरुङ भनिने दीपक मनाङेविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

मनाङेले मंगलबार पोखरामा शुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबलको उद्घाटनका क्रममा एन्फा कास्कीका अध्यक्ष, एन्फा गण्डकीका उपाध्यक्ष र प्रतियोगिता आयोजक समितिका कोषाध्यक्ष समेत रहेका मिलन गुरुङलाई मनाङेले प्रतियोगिता स्थलमा हातपात गरेका थिए ।

आफ्नो जिल्ला मनाङबाट आएको टोलीलाई प्रतियोगिता शुरू हुनुपूर्वदेखिको होटलको व्यवस्थासँगै अभ्यासको लागि मैदान उपलव्ध नगराएको भन्दै मनाङेले गुरुङलाई गालीगलौज गर्दै हातपात गरेका थिए ।

पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरितको कसुर हुँदा निजलाई ठाँडै पक्राउ गरी प्रचलित कानून अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी कास्की प्रहरीमा निवेदन दिएका छन् ।

पीडित गुरुङले मुद्दा दत्र्ता गर्न जानुअघि पोखरामा पत्रकार सम्मेलन गर्दै शान्ति सुरक्षा, सार्वजनिक स्थलमा हातपात गरेको, विभिन्न आरोपहरु लगाएर आफनो चरित्र हत्या गर्ने काम गरेको र आफनो जिउ धनको सुरक्षाको माग गर्दै मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दत्र्ता गर्ने जानकारी दिएका थिए ।

मंगलबार मनाङेको जस्तो व्यवहार आफूले पनि देखाएको भए प्रतियोगिता भाँडिने सम्भावना हुने भन्दै अध्यक्ष गुरुङले उद्घाटनका लागि मुख्यमन्त्री समेत आउने समय भएकाले आफू संमयित भएर बसेको बताएका छन् ।

गण्डकी प्रदेशमा मनाङे जस्तै ६० सदस्य रहेकाले अन्य सांसदको ईज्जतको लागि पनि सहेर बसेको अध्यक्ष गुरुङको भनाई थियो ।

एन्फा उपाध्यक्ष एंव प्रतियोगिताका संयोजक कृष्ण थापाले जनताले चुनेको प्रतिनिधीले मर्यादामा बस्नुपर्ने भएपनि उनले आफ्नो मर्यादा आफै घटाउने काम गरेको जानकारी दिए ।

उनले आफूहरूलाई रकम भष्टाचार गरेको, मनपरि गरेको जस्तो आरोप समेत मनाङेले सार्वजनिक स्थानमा लगाएकाले केही अनिमियतता र मनपरी भएको भए त्यसको प्रमाण पेश गर्न थापाले चुनैती समेत दिएका छन् ।

आफूहरूले कानूनी उपचार खोज्ने भन्दै थापाले यसका लागि दुई तीन दिनपछि एन्फाको बैठक बस्न लागेको जानकारी समेत दिएका छन् ।

उता, पूर्वगुण्डा नाइके समेत रहेका गण्डकी प्रदेशका नेकपाका प्रदेश सांसद मनाङेले आफूविरुद्ध उजुरी हालेर केही फरक नपर्ने बताएका छन् । उनले आफूले अध्यक्ष गुरुङलाई हातपात गरेको स्वीकार गर्दै भनेका छन्, ‘मुख्यमन्त्रीले हान्नुपर्ने मैले झापड हानेको हुँ ।’

प्रदेश सांसदमा निर्वाचित हुनु अगाडि विभिन्न ज्यानमार्ने उद्योग र फौजादरी अभियोगमा सजाय पाएका मनाङे तत्कालीन एमालेको समर्थनमा स्वतन्त्रबाट उम्मेदवार बनी निर्वाचित भएका थिए । केही महिना अगाडि मात्रै मनाङेगे नेकपामा प्रवेश गरेका हुन् ।

Published : Wednesday, 2020 January 22, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया