विजय गच्छदारलाई शोक, देउवाद्वारा समवेदना प्रकट

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई शोक परेको छ ।

गच्छदारीक कान्छी काकी ८२ वर्षीया कुश्मीदेवी थरुनीको निधन भएको छ । दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारकी आमा हुन् ।

माघ ५ गते दुवही नगरपालिकास्थित आफ्नै निवासमा थरुनीको निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

स्वर्गीय थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनाएको छ ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

देउवाले थरुनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसले कुश्मीदेवी थरुनीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको जनाएको छ ।

‘स्वर्गीय थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको सक्रिय भूमिकाको स्मरण गर्दै नेपाली कांग्रेस उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ’, शोक वक्तव्यमा भनिएको छ ।

‘नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छादार लगायत सबै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ’, नेपाली कांग्रेसका सभापति देउवाले भनेका छन् ।

Published : Monday, 2020 January 20, 5:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया