गोरखाको दुल्लभ विद्यालयको कांग्रेस नेता खतिवडाद्धारा प्रशंसा

घ्याम्पेसाल । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले शिक्षा नै देशको सबैभन्दा ठूलो सम्पत्ति भएको बताएका छन् ।

गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिकाको घ्याम्पेसालमा आइतबार श्री दुल्लभ माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले शिक्षाले नै देशको विकासदेखि रोजगारीको सिर्जना गर्ने बताए ।

अमेरिकामा शिक्षालाई ठूलो महत्व दिने गरेको बताएका खतिवडाले विश्वविद्यालयबाटै अमेरिकाले करोडौँ रुपियाँ आर्जन गरेको बताए ।

घ्याम्पेसालको दुल्लभ स्कुलले पनि शिक्षामा गरेको योगदानको खतिवडाले प्रशंसा गरेका छन् ।

गोरखा जिल्लाले यदु भट्ट, टीका पोखरेल, वीरेन्द्र पोखरेल, मैयादेवी श्रेष्ठ, चीरन्जीवी वाग्ले, चिनकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डेदेखि राजेन्द्र बजगाइँसम्मका राष्ट्रिय रुपमा स्थापित भएका व्यक्ति जन्माएको भन्दै नेपाली कांग्रेसका युवा नेता खतिवडाले गोरखाको प्रशंसा गरे ।
नेपाली कांग्रेसले बहुदल नमान्नेलाई बहुदलवादी बनाएको बाताएका खतिवडाले कांग्रेसले नै संविधान नमान्नेलाई संविधान मान्ने बनाएको बताए ।

खतिवडाले आफूलाई कृष्णप्रसाद भट्टराइको चेलो भएको बताउँदै गोरखा जिल्लाले पहिलो सभामुख र बहुदलपछि पहिलो प्रधानमन्त्रीका रुपमा गोरखाकै कृष्णप्रसाद भट्टराईलाई पाएको बताए ।

देशमा महँगी, भ्रष्टाचार बढेकेको बताउँदै खतिवाले जनताले देशमा राहत र शान्ति सुरक्षा चाहेको बताए । उनले सरकार चारैतिरबाट असफल भएको बताए ।

खतिवडाले द्रब्य शाहले राजतन्त्र गोरखाबाटै शुरुवात गरेको भन्दै खतिवाडाले भीमसेन थापा मुलुककै पहिलो प्रधानमन्त्री भएको बताए ।

घ्याम्पेसालको श्री दुल्लभ मध्यामिक विद्यालय ०२४ सालमा स्थापना भएको थियो । विद्यालयले आफ्नो ५०औँ स्थापना दिवस भव्य रुपमा मनाएको छ ।

दाताहरुको झण्डै पौने करोड रुपियाँ आर्थिक सहयोगमा श्री दुल्लभ माध्यामिक विद्यालयले प्रथम राष्ट्रपति रामवरण यादवमार्फत कार्यक्रमको उद्घाटन गराएको थियो । समापन भने नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा कलाकारहरु बद्री पंगेनी, कला लम्साल, अन्जली अधिकारीलगायतका कलाकारहरुले प्रस्तुति दिएका थिए ।

अभिभावक र विद्यालयका विद्यार्थीको उल्लेख्य सहभागितामा भएको कार्यक्रममा पाहुनाहरुले ५०औँ स्थापना दिवसको शुभकामना दिएका थिए ।

Published : Sunday, 2020 January 19, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया