देशभरिका तरुणहरूलाई आइतबारका लागि तयार रहन तरुणको निर्देशन

काठमाडौं । नेपाल तरुण दलले अधिनायकवादी कम्युनिस्ट सरकारविरुद्ध नेपाली कांग्रेसले माघ ५ गते आइतबार गर्न लागेको प्रदर्शन र कार्यक्रममा भव्य सहभागिता जनाउन देशभरिका तरुणहरूलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार परिपत्र जारी गरेर देशभरिका तरुणहरूलाई आइतबार कम्युनिस्ट सरकारलाई देशभरि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको भन्दै नेपाली कांग्रेसको कार्यक्रममा सहभागी हुन निर्देशन दिएका हुन् ।

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले संविधानले दिएका हकअधिकारहरू कानून बनाएर खोस्न लागेको भन्दै नेपाली कांग्रेसले आइतबार माघ ५ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउँदै छ । सो कार्यक्रमलाई भव्य बनाउने तरुण अध्यक्ष बस्नेतले युवा तरुणहरूलाई निर्देशन दिएका हुन् ।

‘वर्तमान अधिनायकवादी ओली सरकारले नागरिक सर्वोच्चता र लोकतन्त्र एवम् विधिको शासन विरोधी सूचना प्रविधि विधेयक र नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरुद्धमा माघ ५ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमार्फत सरकारलाई नेपाली कांग्रेस पार्टीले विरोध पत्र बुझाउने कार्यक्रम भएको हुँदा उक्त विरोध पत्र बुझाउने कार्यक्रममा नेपाल तरुण दलको व्यापक सहभागिता जनाई कार्यक्रमलाई भव्य र प्रभावकारी बनउान निर्देशनसहित परिपत्र गरिएको छ’, अध्यक्ष बस्नेतद्वारा जारी परिपत्रमा उल्लेख छ ।

Published : Saturday, 2020 January 18, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया