भक्तपुरमा कम्युनिस्टकाे भ्रष्टाचारविरुद्ध उभियो तरुण, कांग्रेसको कार्यक्रममा सहभागी हुने

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले कम्युनिस्ट सरकारका गलत निर्णय र कार्यहरूको सशक्त रुपमा प्रतिरोध गर्ने निर्णय गरेको छ ।

भक्तपुरस्थित कार्यालयमा शुक्रबार अध्यक्ष राजु थापाको अध्यक्षतामा बसेको तरुण दलको बैठकले कम्युनिस्ट सरकारले संसदमा पेश गरेको सूचना विधेयकको विरोधमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने क्रममा उल्लेख्य सहभागिता जनाउने निर्णय गरेको तरुण दलका सदस्य राजु पुरीले जानकारी दिए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार कम्युनिस्ट सरकारलाई माघ ५ गते देशभरि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

तरुण दल भक्तपुरका सदस्य पुरीका अनुसार तरुण दलले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार झण्डै दुईतिहाई कम्युनिस्ट सरकारले ल्याउन लागेको सूचाना विधेयक बिरोधमा भक्तपुर जिल्ला प्रशासन कार्यलयमा बुझाउने ज्ञापन पत्रका क्रममा उल्लेखनीय सहभागिता जनाउने निर्णय भएको छ ।

नेपाल तरुण दल भक्तपुरले भक्तपुर जिल्लाको क्षेत्र नम्बर २ मा भएको विभिन्न ठाँउको भ्रष्टचारको सशक्त रुपमा प्रतिरोध गर्ने निर्णय गरेको अध्यक्ष थापाले बताए ।

यो क्षेत्रमा नेकपाका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले जितेका छन् । उनले हरेक ठाउँमा भ्रष्टाचार र अनियमितता गरेको तरुण दल भक्तपुरको आरोप छ ।

Published : Saturday, 2020 January 18, 12:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया