ओलीकाे गाउँमा कांग्रेसले झण्डा गाड्याे, कम्युनिस्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश

लखनपुर । झापा जिल्लाको कमल गाँउपालिका वडा नम्बर ७ मा विभिन्न पार्टी परित्याग गरी ३१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

संगठन सुदृढीकरण कार्यक्रम अन्तर्गत शनिबार आयोजना गरिएको टोल भेलामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दलहरू परित्याग गरी ३१ जना नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

वडा सभापति खेम बाँस्कोटाको अध्यक्षतामा भएको कार्यक्रमका बीच पार्टीको एकता टोल समिति गठन गर्नुका साथै नवप्रवेशीहरूलाई फूलमाला र अविर लगाई स्वागत गरिएको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्ला झापामा नेकपा छाडेर नेपाली कांग्रेसमा स्थानीयको आकर्षण बढ्दै गएको छ ।

उनीहरूलाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, पार्टीका नेता हुकुमसिंह राई, नेपाली कांग्रेस कमल गाउँ सचिव देवी आङ्गदेम्बे लगायतकाले पार्टी प्रवेश गराएका थिए ।

नेकपाका शुभेच्छुक नेता तथा कार्यकर्ताहरूले कम्युनिष्ट पार्टीले देशलाई समृद्धि बनाउने झुठो आश्वासन मात्र दिएकाले त्यो पार्टी छाडेर लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

यसरी पार्टी प्रवेश गर्नेहरूमा राजेन्द्र सापकोटा, कृष्ण घिमिरे, नवीन पोखरेल, गोपाल खतिवडा, अमृत मग्रान्ती, केदार जिमी, सन्तोष पाण्डे, टीकामाया लिम्बु, खगेन्द्र रम्तेल, अम्बिका मग्रान्ती, दलबहादुर चौहान, ओमबहादुर वसेल लगायत रहेका छन् ।

सोही भेलाले मनमाया घिमिरे संयोजक, प्रकाश तिम्सिना सहसंयोजक, गोपीकृष्ण तिम्सिना सचिव र कोषाध्यक्ष कृष्णप्रसाद घिमिरे रहेको १३ सदस्यीय नेपाली कांग्रेस एकता टोल समिति गठन गरिएको कांग्रेस कमलका सहसभापति तथा संगठन विभागका जिल्ला सदस्य राजकुमार न्यौपानेले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसले साविक लखनपुरभित्र कमल ५ मा ६ वडामा ७ र वडा नम्बर ७ मा विभिन्न ६ वटा टोल समिति गठन गरिएको समेत न्यौपानेले बताएका छन् ।

Published : Sunday, 2020 January 5, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया