ईश्वर र भन्सारका बिचौलियाले कांग्रेसका सांसदलाई फसाउँदै, खुल्यो षड्यन्त्र

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहलाईलाई फसाउन बिचौलिया श्याम मिश्र र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ईश्वर दयाल मिश्राले ठूलो षड्यन्त्र गरेको खुलासा भएको छ ।

भन्सारका बिचौलिया श्याम मिश्रले आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेताका रुपमा परिचय गराउँदै आएका छन् । तर, श्याम मिश्राले राजनीतिक आडमा भारतबाट आयात हुने अबैध सामानहरू नेपाल भित्र्याउने बिचौलियाको भूमिका खेल्दै आएको प्रहरी स्रोतले जनाएको छ ।

भन्सार र राजश्व कार्यालयका कर्मचारीहरूका अनुसार श्याम मिश्रालाई अबैध सामान नेपाल भित्र्याएको अभियोगमा पटक–पटक पक्राउ गरेर थुनामा राखीसकिएको छ ।

नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद शाहलाई बिचौलिया श्याम मिश्राले झुठ्ठा अभियोग लगाएर फसाउन खोजेको आरोप स्थानीय नेपाली कांग्रेसका कृष्णानगरका कार्यकर्ताहरूले लगाएका छन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद शाहले शुक्रबार विज्ञप्ति जारी गरेर आफूलाई झुठ्ठा मुद्धा लगाएर फसाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनले नशालु पदार्थ सेवन गरेर आएका श्याम मिश्राले आफूलाई अभद्र व्यवहार गर्दा चालक शशिकान्त कश्यपसँग हातपाइ भएको बताएका छन् ।

श्याम मिश्राको कुटपिटबाट चालक शशिकान्त कश्यपले भारतमा उपचार समेत गरेका छन् । शशिकान्त कश्यपले पनि बिचौलिया श्याम मिश्राका विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले शशि कश्यपको उजुरीमा खासै ध्यान दिएको छैन ।

तर, नेपाली कांग्रेसका सांसद शाहलाई पक्राउ गर्न अदालतबाट आदेश लिएर बिचौलिया श्याम मिश्राको पक्षमा सत्ताको दुरुपयोग भएको आरोप लगाइएको छ ।

‘मेरोविरुद्ध मुद्धा दर्ता गराउने स्थानीय युवा श्याम मिश्रा आफै एक नशा सेवन गर्ने डिप्रेशनका बिरामी व्यक्ति हुन्’, शाहले भनेका छन्, ‘कृष्णानगर भन्सार परिसरमा रहेर पटक पटक राजश्व चोरीका घटनामा समेत श्याम मिश्रा संलग्न रहेका छन् ।’

‘प्रहरीले राजश्व चोरीको घटनामा उनलाई पक्राउ गरी थुनेको छ । सीमा क्षेत्रमा रही तस्करी गर्ने यस्तो अपराधिक चरित्र बोकेको श्याम मिश्राले राजनीतिक एजेण्डाबाट मलाई परास्त गर्न नसकी नेकपाका मेरा विरोधी तत्वहरूसँग मिलेर मलाई झुठो मुद्धामा फसाउन खोजेका छन्’, उनले भनेका छन्, ‘ सम्मानित अदालतबाट सत्य तथ्यको आधारमा फैसला हुनेछ भन्नेमा म पूर्ण प्रतिवद्ध छु ।’

प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता शाहसँग पराजित भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार ईश्वर दयाल मिश्राको उक्साहट र दवावमा भन्सारका बिचौलिया श्याम मिश्राले प्रहरीमा उजुरी दिएको आरोप छ ।

भन्सारका बिचौलिया श्याम मिश्रालाई नेपाली कांग्रेसका सांसद शाहले हातपात र कुटपिट गरेका थिएनन् । शाहले नै विज्ञप्ति जारी गरेर श्याम मिश्रालाई आफूले कुटपिट नगरेको बरु आफ्ना चालकसँग हातपात भएको बताइसकेका छन् ।

नेकपाका नेता ईश्वर दयाल मिश्राको दवावमा सत्ताको दवावमा नेपाली कांग्रेसका सांसद शाहलाई पक्राउ गरेर कारबाहीका लागि ठूलो योजना बनेको छ ।

भन्सारका बिचौलिया श्याम मिश्राले गरेको हर्कतविरुद्ध नेपाली कांग्रेसका सांसद शाहका चालक शशिकान्त कश्यपले पनि उजुरी दिएका छन् ।

सत्ताको दवावमा प्रहरीले कश्यपको उजुरीलाई थन्काएर नेकपाका ईश्वर दयाल मिश्राको दवावमा शाहविरुद्ध पक्राउ अभियान चलाएको आरोप छ ।

Published : Friday, 2020 January 3, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया