अटेरी एसपी मल्ललाई १२ घण्टे पत्रले तनाब, प्रचण्ड–रेणुको केही चलेन

काठमाडौं । सरुवा हुँदा पनि जिल्ला प्रहरी कार्यालय चितवनमा जरो गाडेर बसेका एसपी दानबहादुर मल्ललाई १२ घण्टे पत्र थमाइएको छ ।

प्रहरी मुख्यालयले एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरुवा गरिदिएको थियो । एसपी मल्लले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी एवम् भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको नाम दुरुपयोग गरेर चितवन प्रहरीको प्रमुख भएर बसिरहेका थिए ।

प्रदेश ३ को प्रहरी कार्यालय हेटौँडाले बुधबार अपरान्ह साढे चार बजे सञ्चारमार्फत पत्र पठाइ एसपी मल्ललाई पत्र प्राप्त भएको २४ घण्टाभित्र चितवन जिल्ला छाडेर सरुवा भएको कार्यालयमा हाजिर हुन आदेश दिएको छ ।

‘यस कार्यालयको सि.नं. ८०३४ को सञ्चार तहाँ कार्यालयमा प्राप्त भएको छ । सो सम्बन्धमा प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकोले तहाँ कार्यालयमा कार्यरत उहरी नायब उपरीक्षकलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र ठेकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालयमा समेत दिनु हस निर्देशनाअनुसार अरोध छ’, सञ्चार पत्रमा उल्लेख छ ।

एसपी मल्ला पहिला प्रचण्डको बर्डिगार्ड थिए । प्रचण्डको परिवारसँग निकटै निकट रहेका एसपी मल्ललाई चितवनको प्रहरी प्रमुख बनाएर लगिएको थियो ।

चितवनमा रहँदा अधिकांश समय एसपी मल्ला विवादमा आइरहे । उनले पूर्वमाओवादीहरूलाई मात्रै काखी च्याप्दा पूर्वएमाले र नेपाली कांग्रेसका नेताहरू रिसाएका थिए ।

प्रचण्ड र रेणुको पावर लगाएर एसपी मल्लले रवाना पत्र बुझ्न पनि मानेका थिएनन् । उनको ठाउँमा एसपी गंगा पन्तको सरुवा भएको छ ।

Published : Thursday, 2020 January 2, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया