सहमतिका नाममा कांग्रेसलाई बन्धक बनाउन खोजियोः सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतिय पद्धतिबाट पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सहमति नजुटेपछि पार्टीले बहुमतले निर्णय गर्नुपरेको र त्यो सबैले मान्नुपर्ने बताएका हुन् ।

केन्द्रीय समितिको बैठकका निर्णयको विषयमा विवाद भएपछि सभापति देउवाले बहुमतका आधारमा २०७७ फागुनमा पार्टीको १४ औ महाधिबेशन आयोजना गर्ने निर्णय गराएका थिए ।

‘सहमतिका नाममा पार्टीलाई बन्धक बनाउन खोजियो यसैले बहुमतले निर्णय गर्न पार्टी बाध्य भयो’, उनले भने, ‘प्रजातान्त्रिक पद्धतिबाट भएको निर्णय सबैले मान्नुपर्छ ।’

उनले कसैले असन्तुष्टि जनाउँदैमा महाधिवेशनको मिति नसर्ने र निर्धाति समयमै नै महाधिवेशन सम्पन्न हुने बताए ।

पार्टीमा एकातर्फी निर्णय भएको भन्दै रामचन्द्र पौडेल पक्ष र कृष्ण सिटौला पक्षले बिरोध जनाउँदै आएको छ ।

Published : Wednesday, 2020 January 1, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया