तीन जना डीआईजीले पाए अवकास

काठमाडौं । उमेर हदका कारण सशस्त्र प्रहरी वलका तीन जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) ले अनिवार्य अवकाश पाएका छन् ।

बुधबार अनिर्वाय अवकाश पाउनेहरूमा प्रवक्ता समेत रहेका डीआईजी सुरज श्रेष्ठ, बावुराम पाण्डे र अर्विन धिताल रहेका छन् ।

उनीहरूले डीआईजी पदको ५ वर्ष सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका हुन् । उनीहरूले चलखेल गरेर ऐन संशोधन गरी आफ्नो म्याद बढाउन खोजेका थिए । तर, सफल भएनन् ।

सशस्त्र प्रहरीको ऐन अनुसार ५ वर्ष डीआईजी ४–४ वर्ष अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी) को पदावधि रहने व्यवस्था छ ।

अनिर्वाय अवकाश पाउने डीआईजीहरू सोही व्यवस्थाका कारण अवकाश पाएका हन् ।

उनीहरूले सशस्त्र प्रहरीको सेवा अवधिको करीब ३ वर्ष बाँकी रहँदै अवकाश पाएका छन् । सशस्त्र प्रहरी बलमा अधिकृतको सेवा अवधि ३० वर्ष कायम गरिएको छ ।

Published : Wednesday, 2020 January 1, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया