सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दोलखा जिल्लाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलो भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो । १८ जना घाइते छन् ।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३ जनाको ज्यान गइसकेको र कैयन हताहत भएको बताएका छन् ।

घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार गर्न पठाइएको छ ।

घाइतेहरूलाई उद्धार गरेर धुलीखेललगायतका अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान सवा ८ बजे दुर्घटना भएको थियो । बस सडकबाट अन्दाजी ५०० मिटर तल खसेको छ ।

Published : Sunday, 2019 December 15, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया