देउवाले कांग्रेस बलियाे बनाउन अगाडि बढाए गज्जवकाे प्रस्तव

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका विभागको संख्या बढाएर ४१ पुर्‍याउने प्रस्ताव पेस गरेका छन् ।

ललितपुरको सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले विभागहरू थप गर्ने प्रस्ताव पेश गरेका हुन् । देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला असन्तुष्ट छन् । पौडेल र सिटौला बिहीबारको बैठकमा प्रवेश नै गरेका छैनन् ।

उनीहरूले बैठक बहिस्कार गरेको स्रोतले जनाएको छ । बैठक बहिस्कार गर्नेमा गगन थापा पनि परेका छन् । महामन्त्री डा.शशांक कोइराला पनि बिहीबारको बैठकमा उपस्थित नभएको स्रोतले जनाएको छ ।

पौडेल र सिटौलाले समूहले बैठक बहिस्कार गरेपनि सभापति देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट विभिन्न निर्णय गराएका छन् ।

१४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अगाडि बढाउन विधानको धारा ७२ को उपधारा ४ बमोजिम प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँ, नगरपालिका एवं वडा समितिहरूको अन्तरिम समायोजन सम्बन्धी निर्देशिका कार्यान्वयन कति सम्पन्न भएको र कति बाँकी रहेको सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले यस सम्बन्धी जानकारी बैठकमा प्रस्तुत गरेको थियो ।

बैठक बहिस्कार गरे लगत्तै पौडेलले आफ्नै कार्यकक्षमा केन्द्रीय समितिका आफू निकट सदस्यहहरूसँग छलफल गरेका थिए । पौडेलले सभापति देउवाले कार्यसमितिमा बहुमतको दम्भ देखाएको अभियोग लगाएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, जागरण अभियानको मिति परिवर्तन गरेर माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गरेको छ ।

बैठकमा यसबाहेक केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल भएको छ ।

बैठकमा केन्द्रीय सदस्य महेश आचार्य, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र हरिप्रसाद नेपालले आफ्नो धारणा राखेका थिए ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरूलाई परिमार्जन र पुनर्गठन गरी यसै विधानको धारा ३७ (२) ले गरेको केन्द्रीय विभागहरूको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थालाई विधानको धारा ५० (५) बमोजिम व्याख्या गरी विभाग थप्ने प्रस्ताव गरेका हुन् ।

देउवले विभागका नाम प्रस्ताव गर्दै तीनको काम, कर्तव्य र अधिकार तोक्ने प्रस्ताव पनि गरेका छन् । अहिलेसम्म २८ विभाग रहेकोमा त्यसलाई बढाएर ४१ पुर्‍याउने प्रस्ताव सभापति देउवाले गरेका हुन् । केन्द्रीय कार्यसमितिको अर्को बैठक मंसिर २९ गते १ बजे बस्नेछ ।

प्रस्तावित विभागको नाम

१. संगठन विभाग,  २. सूचना, संचार तथा प्रचार विभाग,  ३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, ४. राज्य प्रशासन विभाग, ५. आर्थिक नीति तथा योजना विभाग, ६. अभिलेख, अनुगमन तथा मूल्यांकन विभाग, ७. नेपाली जनसम्पर्क समिति समन्वय विभाग, ८. संघीय मामिला तथा प्रदेश समन्वय विभाग, ९. संसदीय मामिला विभाग, १०. संवैधानिक तथा कानून विभाग, ११. स्थानीय तह समन्वय विभाग, १२. महिला विभाग, १३. तरुण विभाग, १४. विद्यार्थी विभाग, १५. जिल्ला सम्पर्क समिति समन्वय विभाग, १६. पेशागत तथा बुद्धिजीवी विभाग, १७. शिक्षा विभाग, १८. स्वास्थ्य विभाग, १९. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग, २०. उद्योग व्यापार विभाग, २१. पर्यटन विभाग, २२. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग, २३. कृषि तथा किसान विभाग, २४. आदिवासी जनजाती विभाग, २५. खेलकुद विभाग, २६. प्राकृतिक श्रोत विभाग, २७. साहित्य, कला तथा संस्कृति विभाग, २८. श्रम, बैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग, २९. फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग, ३०. दलित विभाग, ३१. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग, ३२. मुस्लिम विभाग, ३३. वन तथा वातावरण विभाग, ३४. तराई मधेश विभाग, ३५. वित्तिय संस्था तथा सहकारी समन्वय विभाग, ३६. पिछडिएको क्षेत्र समन्वय विभाग, ३७. विज्ञान तथा प्रविधि विभाग, ३८. भूपू सैनिक विभाग, ३९. अन्य पार्टी सम्पर्क र समन्वय विभाग, ४०. शुभेच्छुक संस्था समन्वय विभाग, ४१. अन्य भ्रातृ संघ समन्वय विभाग

Published : Thursday, 2019 December 12, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया