काठमाडौंमा कांग्रेसद्वारा कम्युनिस्ट मेयरको कार्यक्रम बहिस्कार, थापाका दिनगन्ती शुरु

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कम्युनिस्ट मेयर कृष्णहरि थापाको अनियमितता र भ्रष्टाचारविरुद्ध नेपाली कांग्रेस नगर संघर्ष समितिले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाएको छ ।

नेपाली कांग्रेसको कागेश्वरी मनोहरा नगर समितिले कम्युनिस्ट मेयर थापाविरुद्ध तेस्रो चरणको आन्दोलन शुरु गरेको छ ।

नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरूले मेयर थापाको हर्कतकाविरुद्ध बुधबारदेखि हातमा कालोपट्टी बाँधेर काम शुरु गरेका छन् ।

वडाध्यक्षहरू सुदर्शन धिमाल, भाईकाजी अधिकारी, जीवन थापा तथा वडासदस्यहरू सहदेव कार्की, शर्मिला थापा कार्की, लक्ष्मण पुरी, बिना थापा, आत्माराम बस्नेत लगायतले मेयरको भ्रष्टाचारविरुद्ध हातमा कालोपट्टी बाधेर जनताको काम गरेको नेपाली कांग्रेसका नेता कवीर शर्माले जानकारी दिए ।

कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरूले कम्युनिस्ट मेयर थापाको अनियमितता र भ्रष्टाचारविरुद्ध मेयर सम्मिलित हुने सबै औपचारिक कार्यक्रमहरू बहिस्कार गरेका छन् ।

मेयर थापा सहभागी लैंगिक हिंसा सम्बन्धी कार्यक्रमलाई नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरूले बहिस्कार गरेका छन् ।

नेपाली कांग्रेस नगर संघर्ष समितिको आह्वानमा कागेश्वरी नगरपालिकामा भएका अनियमितता, चरम बेथिती, नगर प्रमुखको मनोमानी र स्वेच्छाचारिता लगायतको बिरोधमा तेस्रो चरणको बिरोध कार्यक्रम शुरु भएको छ ।

नेपाली कांग्रेसको संघर्ष समितिले समितिले मंसिर २८ गते शनिबार, बिहान साढे सात बजे नगरपालिकाभित्रका पेशाकर्मी, बुद्धिजीवी तथा नागरिक अगुवाहरूसंग आफ्ना मागहरूका विषयमा अन्तरक्रिया गर्नेछ ।

समितिले पुस ३ र ४ गते नगरपालिका घेराउ कार्यक्रम राखेको संयोजक शंकर थापाले जानकरी दिए ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर थापाले चरम भ्रष्टाचार र अनियमितता गरेको भन्दै नेपाली कांग्रेसले आन्दोलन शुरु गरेको छ । मेयर थापा तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।

Published : Thursday, 2019 December 12, 8:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया