संखुवासभामा सडक खन्दै गरेको एक्साभेटरमा आगो लगाइयो

संखुवासभा । संखुवासभा जिल्लाको मादी गाउँमा अज्ञात समूहले सडक निर्माणमा रहेको एक्साभेटरलाई आगो लगाएर पूर्ण रुपमा क्षति पुर्‍याइदिएको छ ।

बुधबार मध्यराति करीव सवा १२ बजे सगरमाथा कन्ट्रक्सन कम्पनीको ‘थ्री ट्वान्टी डी टू’ क्याट एक्साभेटरमा आगो लगाएर नोक्सान गरिएको हो ।

एक्साभेटरमा आगो लगाएर अज्ञात समूहले नोक्सानी पुर्‍याएपछि संखुवासभा प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ । प्रहरीले दोषीले उन्मुक्ति नपाउने चेतावनी दिएको छ ।

सगरमाथा कन्ट्रक्सन कम्पनी, काठमाडौंले बज्रगुरु ग्रुपलाई एक्साभेटर सडकको काम गर्नका लागि भाडामा दिएको थियो । बज्रगुरु ग्रुपका सञ्चालक रेवन्त बस्नेत हुन् ।

सगरमाथा कन्ट्रक्सन कम्पनीका सञ्चालक गोपाल श्रेष्ठले बुधबार मध्यराति करीव सवा १२ बजे क्याट कम्पनीको ‘थ्री ट्वान्टी डी टू’ एक्साभेटरमा अज्ञात समूहले आगो लगाएर पूर्ण रुपमा क्षति पुर्‍याएको जानकारी दिए । श्रेष्ठले एक्साभेटरमा कसले र किन आगो लगाएको हो आफूलाई कुनै जानकारी नरहेको बताए ।

निर्माण व्यवस्थायीहरूलाई देशभरि आक्रमण र निर्माण सामाग्रीहरूमा क्षति पुर्‍याउने गतिविधि भइरहेका बेला संखुवासभामा एक्साभेटरमा आगो लगाएर क्षति पर्‍याइएको छ ।

Published : Thursday, 2019 December 12, 7:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया