तरुणसँग खसी माग्ने कोहलपुरका डीएसपीको ईञ्चार्ज पद फुत्कियो

काठमाडौं । बाँके जिल्लामा नेपाल तरुण दलका नेताहरूलाई दुःख दिँदै आएका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको छ ।

स्कुलका बालबालिकामाथि गोली प्रहार र प्रदर्शनकारीमाथि दमन गरेको भन्दै कोहलपुर गोलीकाण्डमा मुछिएका डीएसपी शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको हो ।

कोहलपुरमा लगाएको निषेधआज्ञा हटाइएसँगै ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी नायाब निरीक्षक (डीएसपी) शाही जिल्लामा तानिएका हुन् ।

कोहलपुरमा ट्रकको ठक्करबाट स्कुले बालिका घाइते भएको विषयमा भएको झडपले उग्ररुप लिएपछि प्रहरीले निषेधआज्ञा जारी गर्नुपरेको थियो ।

प्रहरीले अन्धाधुन्द विद्यार्थीमाथि आक्रमण गरेपछि आन्दोलनले चर्को रुप लिएको थियो ।

आन्दोलन चर्किएसँगै जिल्ला प्रशान कार्यालय बाँकेले निषेधआज्ञा लगाउनुपरेको थियो ।

यसरी आन्दोलनले उग्ररुप लिएपछि त्यहाँको कमाण्ड सम्हालिरहेका डीएसपी शाहीको चर्को आलोचना भएको थियो ।

शाहीले घटनालाई दबाउन आन्दोलनकारीमाथि अन्धाधुन्द आक्रमणमा उत्रिएको स्थानीयबवासीहरूले आरेप लगाएका छन् ।

यससअघि नेपाल तरुण दल बाँकेका नेताहरूसँग खसी मागेको भन्दै डीएसपी शाहीको आलोचना भएको थियो ।

डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि छानविनमा तानिएका थिए ।

पछिल्लो घटनाले शाहीको खसी काण्डलाई झन् विवादमा तानेको छ ।

Published : Tuesday, 2019 December 10, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया