प्रचण्ड–रेणुका दिन गन्ती शुरु, कांग्रेसलाई धोका दिएको फल पाए

भरतपुर । चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपनिर्वाचन परिणामले ठूलो झट्का दिएको छ ।

आफ्नै गृहजिल्ला तथा निर्वाचन क्षेत्र एवम् छोरी रेणु दाहाल मेयर भएको भरतपुर महानगर रहेको चितवनमा भएको उपनिर्वाचनले प्रचण्डलाई तनाव दिएको हो ।

चितवनको परिणामले प्रचण्डले आफ्नो गृहजिल्लामा प्रभाव गुमाएको संकेत देखिएको छ ।

भरतपुर महानगरपालिकामा प्रचण्डकी पुत्री रेणु दाहाल मेयर छिन् ।

प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका १६ मा नेपाली कांग्रेसको जित धेरै हिसाबले अर्थपूर्ण छ ।

यो निर्वाचनको नतिजाले प्रचण्ड र रेणुको वरिपरी घुम्ने सल्लाहाकारहरूको अहँकार र घमण्डको पराकास्ट उदाङिगिएको छ ।

वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत हमाल विजयी भएका छन् । उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गरेका छन् ।

यसअघि चितवनमा भरतपुर महानगर तत्कालीन माओवादीलाई छोड्दाको पीडाको बदला पनि स्थानीय नेपाली कांग्रेस नेता कार्यकर्ताले लिएका छन् । जुन कांग्रेस नेतृत्वलाई समेत स्पष्ट सन्देश छ ।

भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल, खैरहनी नगरपालिका ४ मा देवबहादुर बस्नेत, ५ मा प्रतिमा कार्की विजयी हुँदा सत्तारुढ दलले एउटा वडामा पनि जित्न सकेनन् ।

खैरहनीमा बस्नेतले १५२ मत अन्तरले प्रतिस्पर्धी नेकपाका बेदबहादुर अधिकारीलाई हराएका हुन् ।

बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डको प्रभाव क्षेत्रको रुपमा प्रचारित चितवनको खैरहनी नगरपालिका ५ मा कांग्रेसले जितेको छ ।

नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई हराएकी हुन् ।

उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए ।

खैरहनीमा केपी ओली समूहले प्रचण्ड गुटलाई अन्तर्घात गरेको आशंका गरिएको छ ।

आफ्नै क्षेत्रमा गृहमन्त्री रामबहादुर थापा समेत नगएका कारण नेकपाले हार्नु परेको कार्यकर्ताहरू बताउँछन् ।

रेणुको क्षेत्रमा गएर भाषण गर्ने प्रचण्डको समेत खैरहनीमा उपस्थिती देखिएन । नेकपाका सांसद कृष्णभक्त अधिकारीमाथि पनि पूर्वमाओवादीले उठाएका उम्मेदवारको पक्षमा नलागेको आरोप लागेको छ ।

नेपाली कांग्रेसलाई धोका दिएर नेकपामा प्रवेश गरेका प्रचण्डलाई पूर्वएमालेहरूले धोका दिएका छन् । अबका निर्वाचनहरूमा प्रचण्ड र उनकी छोरी रेणु दाहालको राजनीतिक भविष्य त्यति सहज छैन ।

चितवनमा नेपाली कांग्रेसले कम्ब्याक गरेको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा उत्साह भरिएको छ ।

आफ्ना पूर्वअंग रक्षक दानबहादुर मल्ललाई एसपी बनाएर चितवनको प्रहरी प्रमुख बनाउँदा समेत प्रचण्ड र रेणुले केही गर्न सकेनन् ।

एसपी मल्लले ठूलो खेलखण्ड गरेका थिए । तर, मतदता र नेपाली कांग्रेसका समू केही चलेन ।

Published : Sunday, 2019 December 1, 11:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया