शानका साथ कांग्रेसले कहाँ कहाँ जित्यो ?

काठमाडौं । नेपाली कांग्रेसले आफूले जितेका वडाहरूको संख्या कायम गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडाहरूमा कब्जा जमाएको छ ।

नेपाली कांग्रेसले बैतडी जिल्लाको सूर्नया गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा गजेन्द्रबहादुर चन्द विजयी भएका छन् ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् ।

रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी भएको छ ।

चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की बस्नेत विजयी भएकी छिन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका अमृतराज हमाल विजयी भएका छन् ।

दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका ताराबहादुर डाँगी विजयी भएका छन् ।

चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका देवबहादुर बस्नेत विजयी भएका छन् ।

चम्पादेवी गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसका राजु बुढाथोकी विजयी भएका छन् ।

महोत्तरी जिल्लाको बल्बा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका विपिन पञ्जियार विजयी भएका छन् ।

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्र भट्ट विजयी भएका छन् ।

मोरङको धनपालथान गाउँपालिका २ मा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन् ।

फिदिम नगरपालिका वडा नम्बर १ मा नेकपाको तर्फबाट उम्मेदवार गजाधार भट्टराई विजयी भएका छन् ।

हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसको तिलविक्रम इधिंगो निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसले जितेका आठ वटा वडामा उपनिर्वाचन भएको थियो । कांग्रेसले आफूले जितेको वडाको संख्या कायम राख्दै जितको अभियान जारी राखेको छ ।

Published : Sunday, 2019 December 1, 9:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया