दाङमा नेकपाका सयौँ कार्यकर्ता कांग्रेसमा भित्रिए, डराउन थाले कम्युनिस्टहरू (तस्वीर)

तुलसीपुर । नेपाली कांग्रेसका नेताहरूले दाङ क्षेत्र नम्बर ३ ‘ख’मा पार्टीको तर्फबाट उम्मेदवार बनेका केशव आचार्यको संघर्ष र शालीनताका कारण जित सुनिश्चित रहेको बताएका छन् ।

आइतबार पश्चिम दाङको बबई गाउँपालिकाका विभिन्न ठाँउमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरूले विभिन्न आन्दोलनको नेतृत्वकर्ता आचार्यको जित नै निष्ठाको राजनीतिको जित हुने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले लोकतान्त्रिक आन्दोलनका खम्बा शालिन व्यक्तित्व आचार्यको जित नै दंगालीहरूको जित हुने बताए ।

गिरीले पश्चिम दाङको विकास कांग्रेसको सरकारले गरेको बताए । उनले गत निर्वाचनमा कांग्रेस पराजित हुँदा पश्चिम दाङबासीलाई ठूलो क्षति भएको बताए ।

उपनिर्वाचन सेमिफाइनल भएको भन्दै नेता गिरीले अहिलेको निर्वाचनमा कांग्रेसले जिते मात्रै फाइनलमा कांग्रेसको जित सुनिश्चित हुने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले कांग्रेसका उम्मेदवार आचार्य लोकतान्त्रिक आन्दोलनका एक धरोहर भएको बताउँदै मतदान गर्न अपील गरेका छन् ।

गौतमले कम्युनिष्टका कारण मुलुकको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत भएको बताए ।

कम्युनिष्ट सरकारको अन्यायका बिरुद्ध दाङको समृद्धिका लागि नेपाली कांग्रेको चुनाव चिन्ह रुखमा मतदान गर्न उनले अपील गरेका छन् ।

प्रदेश सभाका उम्मेदवार केशव आचार्यले आफूलाई मतदान गरेर जिताउन आग्रह गरे ।

उनले कम्युनिष्ट सरकार लर्बराउन लागेको भन्दै खबरदारीका लागि पनि यस पटक नेपाली कांग्रेसले जित्नु पर्ने धारणा व्यक्त गरेका छन् ।

बबई गाउँपालिकाका सभापति बलबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का लेखा समिति सभापति डिल्लीबहादुर चौधरीले कम्युनिष्टको ज्यादतीबिरुद्ध खबरदारी गर्न केशव आचार्यको जित अनिवार्य रहेको बताए ।

राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले कम्युनिष्ट अतिवादलाई झापट दिन कांग्रेसको जित आवश्यक रहेको बताइन् ।

कार्यक्रममा पूर्वसांसद बुद्धिराम भण्डारी, पूर्वसांसद गेहेन्द्र गिरी, महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, दाङ कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्वसभापति घनश्याम रेग्मी, जिल्ला सचिव शंकर डाँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाल बारका पूर्वअध्यक्ष शेरबहादुर केसी, युवा नेता सुरेश हमाल, महिला नेतृ देविका नेपाली, तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार रेश्मा डाँगीको नेतृत्वमा ५१ जना नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका थिए ।

त्यसअघि बिहान हापुरेमा भएको कार्यक्रममा २ सय १५ जना कांग्रेसमा पार्टी प्रबेश गरेका थिए ।

कार्यक्रम वडा ईकाइ सभापति अम्बर भण्डारीको अध्यक्षतामा भएको थियो ।

Published : Sunday, 2019 November 17, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया