शाेकमा परे भक्तपुर कांग्रेसका उम्मेदवार, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । नेपाली कांग्रेसको तर्फबाट भक्तपुर जिल्ला क्षेत्र नम्बर १ ‘क’मा उम्मेदवार बनेका कृष्णलाल भँडेललाई मातृ शोक परेको छ ।

प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया भँडेलको उपचारका क्रममा मध्यपुर थिमी अस्पतालमा आइतबार बिहान निधन भएको परिवारजनले बताएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समितिले आइतबारको लागि निर्धारित चागुनारायण नगरपालिका ७ बागेश्वरीको चुनावी घरदैलो कार्यक्रम हाललाई स्थगित गरिएको भक्तपुर कांग्रेसले जनाएको छ ।

आइतबारको चुनावी कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका युवा नेता गगन थापा आउने कार्यक्रम थियो ।

Published : Sunday, 2019 November 17, 8:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया