सीमा मिचिदा बालुवाटारमा लम्पसार परेर सुत्ने कम्युनिस्टलाई भोट नदिनुस्ः खतिवडा

फाल्गुनन्द । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राष्ट्रवादको कुरा गरेर कहिल्यै नथाक्ने प्रधानमन्त्री खड्गप्रसाद ओली कालापानी र लिपुलेक मिचिदा बालुवाटारमा लम्पसार परेर सुतेको बताएका छन् ।

पाँचचर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर १ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता खतिवडाले राष्ट्रवादी प्रधानमन्त्री ओली बालुवाटारमा लम्पसार परेर सुतेको बताए ।

‘ओलीजीले राष्ट्रवादका नाममा नाकाबन्दी लाग्दा म जति राष्ट्रवादी कोही छैन भन्नुभएको थियो’, उनले भने, ‘ओलीजी पहाडतिर त झन् झुठ बोल्नुभयो ।’

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न जाँदा जनकपुरमा मोदीको जस्तै कपडा लगाएर जानुभयो’, खतिवडाले भने, ‘भारतले कालापानी र लिपुलेक मिच्दा ओलीजी बालुवाटारमा लम्पसार बन्नुभएको छ ।’

नेपाली कांग्रेसका नेता खतिवडाले विदेशीको फोटो पूजा गर्ने कम्युनिस्टहरूलाई भोट नदिन आग्रह गरे ।

‘हामी कम्युनिस्टसँग लड्नुपर्नेछ । बन्दुक बोक्नेहरू भोट माग्न आएका छन् । बन्दुक छाडेर भोट माग्न हिँडेका छन् । यो नै हाम्रो जित हो’, उनले भने, ‘कांग्रेसले वीपीको फोटोमा पूजा गर्छ । कम्युनिस्टहरू विदेशीको फोटो ढोग्छन् । विदेशीको फोटो बोकेर हिँड्नेहरूले कांग्रेसलाई अराष्ट्रवादी भन्छन् । विदेशी ढोग्ने राष्ट्रवादीकी वीपीको तस्वीरमा फूल चढाउने कांग्रेस राष्ट्रवादी ?’

नेपाली कांग्रेसका नेता खतिवडाले कम्युनिस्टहरूलाई पनि रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

‘हामीलाई स्वागत गर्नका लागि कम्युनिस्ट पार्टीका साथीहरूले बाटोभरि झण्डा राख्नु भएको रहेछ । सूर्य चिन्हको झण्डा गाड्नु भए छ । मलाई खुसी लाग्यो’, खतिवडाले भने, ‘तपाईहरूको त्यो मृत सूर्य पनि राख्ने ठाउँ नपाएर रुखमै राख्नु भए छ । त्यसैले रुखमा मतदान गर्नु होला ।’

फाल्गुनन्द गाउँपालिकामा नेपाली कांग्रेसले उपनिर्वाचनमा अध्यक्षमा गिरिजाहाङ आङदम्बेलाई उम्मेदवार बनाएको छ । यसअघि यो गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो ।

Published : Saturday, 2019 November 16, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया